बिहीबार, भदौ १८, २०८३

जसपाले तोक्यो आठ भ्रातृ संगठनको नाम  

जनता समाजवादी पार्टी (जसपा) ले आठ वटा भ्रातृ र जनवर्गीय संगठनको नाम तोकेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले आठ वटा भ्रातृ र जनवर्गीय संगठनको नाम तोकेको छ। आइतबार बसेको समायोजन सहजीकरण कार्यदलले ती भ्रातृसंस्थाको नाम तोकेको हो। 

तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि बनेको समायोजन र सहजीकरण कार्यदलको बैठकले भातृसंस्थाको नाम टुंगो लगाएको नेता केशव झाले जानकारी दिए। 

उनका अनुसार राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारु संघ, समाजवादी भुपु सैनिक तथा प्रहरी महासंघको नाम तोकिएको छ।

यस्तै जनता समाजवादी साँस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ र नेपाल सुकुम्बासी व्यवस्थापन संघ नाम निर्धारण गरिएको छ।

गत वैशाखमा गते दुई पार्टीबीच एकता भएको थियो। एकता भएको लामो समयसम्म पनि समायोजनको काम भने टुंगिएको छैन।

प्रकाशित: Feb 28, 2021| 12:30 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।