शनिबार, असार २७, २०८३

अश्विन विश्व टेस्ट वरियताको तेस्रो स्थानमा, रोहित आठौँमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको टेस्ट वरियतामा इन्डियन ब्याट्स्मेन रोहित शर्मा जीवनकै उच्च वरियतामा पुगेका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको टेस्ट वरियतामा इन्डियन ब्याट्स्मेन रोहित शर्मा जीवनकै उच्च वरियतामा पुगेका छन्।

आज (आइतबार) सार्वजनिक गरिएको वरियतामा उनी ब्याटिङतर्फ विश्व वरियताको १४ औं स्थानबाट ६ स्थान सुधार गर्दै आठौँ स्थानमा उक्लिएका हुन्।

त्यस्तै साविक आठौँ स्थानमा रहेका इन्डियाका चेतेश्वर पुजरा दुई स्थान गुमाउँदै दशौंमा झरेका छन्।
शीर्ष दशमा यसबाहेक बाँकी खेलाडी भने यथास्थानमै छन्।

न्युजिल्यान्डका केन विलियम्सन, अष्ट्रेलियाका स्टिभ स्मिथ र मर्नुस लबुस्चेन्ज क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।
त्यस्तै, इंग्ल्यान्डका जोय रुट र इन्डियाका विराट कोहली चौथो र पाँचौ स्थानमा छन्।

बलिङतर्फ भने इन्डियाका रविचन्द्र अश्विन तेस्रो स्थानमा उक्लिएका छन्। उनी सातौं स्थानबाट तेस्रो स्थानमा उक्लिए। इन्डिया–इंग्ल्यान्डबीच सम्पन्न तेस्रो टेस्टको प्रदर्शनका आधारमा उनी तेस्रो स्थानमा उक्लिएका हुन्।

उक्त खेलमा इन्डियाले दश विकेटको जित निकालेको थियो।

सोही खेलमा ११ विकेट लिँदै म्यान अफ दि म्याच बनेका लेफ्ट आर्म स्पिनर अक्षर पटेलको भने यो दोस्रो टेस्ट मात्र हो। यसकारण उनी ३० स्लटका साथ विश्व वरियताको ३८ औं स्थानमा छन्।

बलिङतर्फ टेस्ट वरियताको शीर्षस्थानमा अष्ट्रेलियाका पट कमिन्स छन् भने दोस्रो स्थानमा न्युजिल्यान्डका निल वाग्नर छन्।
त्यस्तै यसअघि तेस्रो स्थानमा रहेका इङ्लिस बलर जेम्स एन्डरसन छैटौँ स्थानमा झरेका छन्। त्यस्तै छैटौँ स्थानका स्टुअर्ट ब्रोड एक स्थान तल झरेका छन्।

यसअघि आठौँ स्थानका जसप्रित बुमराहले एक स्थान गुमाउँदा कागिसो रबाडा सो स्थान ओगट्न सफल बनेका छन्।

दशौं स्थानका माइकल स्टार्क यथावत् छन्। त्यस्तै चौथो, पाँचौ स्थानमा जोस हज्लेवुड र टिम साउथी यथावत् छन्।

प्रकाशित: Feb 28, 2021| 11:37 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।