मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चीन–नेपाल औद्योगिक पार्क शिलान्यास, नेपालकै सबैभन्दा ठूलो हुने

चीन–नेपाल औद्योगिक पार्क शिलान्यास, नेपालकै सबैभन्दा ठूलो हुने

नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ। सो औद्योगिक पार्कको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। औद्योगिक पार्क चिनियाँ लगानीमा निर्माण हुन लागेको हो । 

झापामा बन्न लागेको सो औद्योगिक पार्क १ हजार ३०० बिघा क्षेत्रफलमा फैलने अध्यक्ष गोविन्द थापाले जानकारी दिए। उनका अनुसार पार्कको पूर्वाधार बनाउन लगानी बोर्डले ६५ अर्ब रुपैयाँ चिनियाँ लगानी भित्र्याउनका लागि स्वीकृति दिएको थियो। 

चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनी लिमिटेडले बनाउनेछ। पार्क बनाउने सम्पूर्ण रकम चीनको नै हुनेछ।

दुई वर्षभित्रमा औद्योगिक पार्क बनिसक्ने बताइएको छ। सरकारले व्यक्तिगत जग्गा अधिग्रहण गरेर सो पार्क बनाउन लागेको हो। जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई १ अर्ब ३६ करोड रुपैयाँ मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड रुपैयाँ वितरण भएको छ।

पार्क सञ्चालनबाट ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने छन् भने पार्कमा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायत २६ वटा कारखाना स्थापना हुनेछन्।  सरकारले ४० वर्षको लागि औद्योगिक पार्कलाई भाडामा दिएको हो। त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिएका छन्। 

यसअघि औद्योगिक पार्क बनाउन बोर्ड र ल्हासा इकोनोमिकबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। पार्कको नाम ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ राखिएको छ ।
 

प्रकाशित: Feb 28, 2021| 11:08 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्