शनिबार, असार २७, २०८३

तेस्रो हारसँगै नयाँबस्ती उपाधि होडमा कमजोर

सहिद स्मारक बी डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब बोइज युनियनसँग पराजित भएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब बोइज युनियनसँग पराजित भएको छ।

पराजित भएसँगै उसले स्थान सुधार गर्ने मौका पनि गुमाएको छ। हाल ११ अंकका साथ पाँचौ स्थानमा रहेको नयाँबस्तीलाई बोइज युनियलने ३-० गोलले हराएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बोइज युनियनको जितका लागि मिलन लिम्बूले ह्याट्रिक गरे।
उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको २१ औं मिनेटमा लिम्बूले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

इन्ज्युरी समयमा गोल गर्दै उनले पहलो हाफमै २-० गोलको अग्रता कायम गरे। दोस्रो हाफको ५७ औं मिनेटमा लिम्बूले नै गोल गर्दै ह्याट्रिक पुरा गरे भने टिमलाई ३-० गोलको अग्रता दिलाए।

सोही अग्रताका साथ बोइज युनियनले खेल जित्यो। यो जितसँगै बोइज युनियन क्लबले आठ खेलबाट १४ अंक बनाएको छ। आजको खेलमा तीन अंक जोडे पनि ऊ चौथो स्थानमा यथावत् छ।

समूहको तेस्रो स्थानमा रहेको बाँसबारी क्लबको १५ अंक छ भने खुमलटार र सातदोबाटोको क्रमशः १६ र १९ अंक छ।
हिजो(शनिबार) सातौं चरणको खेला सकिएसँगै अंकतालिकाको पुछारमा रहेका पुल्चोक, मध्यपुर, झम्सिखेल र भगवती क्लबलको उपाधि यात्रा टुंगिइसकेको छ।

त्यस्तै, अंकतालिकाका अधारमा श्रीकुमारी, टुसाल, आरसीटीको उपाधि यात्रा कायम रहे पनि उनीहरुलाई जितको लयमा पुग्न कठिन देखिन्छ।

प्रकाशित: Feb 28, 2021| 10:58 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।