काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट आएको छ। ७९.७४ अंकले घटेको परिसूचक २४७४.३९ विन्दुमा पुगेर रोकिएको हो।
आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.५३ अंकले घटेर ४४७.२९ विन्दुमा पुगेको छ।
आइतबार २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज होटल र पर्यटन क्षेत्र समूहको सूचक ११.०८ अंकले बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ।
आइतबार चन्द्रागिरि हिल्सको सेयर ९.८१ प्रतिशतले बढेको छ। त्यस्तै सिटीजन म्युचुअल फण्ड–२ को सेयर २.८४ र शेखर इन्स्योरेन्सको सेयर २.८० प्रतिशतले बढेको छ।
आज गणपति लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यसको सेयर ७ प्रतिशतले घटेको छ।
त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर ६.७४, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर ६.४५ र नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयर ६.१३ प्रतिशतले घटेको छ।