आइतबार, चैत १, २०८२

उपाधि होडमा जम्दै बार्सिलोना

जारी स्पेनिस लिग ला लिगामा कमजोर सुरुआत गरेको बार्सिलोनाले लिगका पछिल्ला १२ खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – जारी स्पेनिस लिग ला लिगामा कमजोर सुरुआत गरेको बार्सिलोनाले लिगका पछिल्ला १२ खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ।

National life

यससँगै उसले उपाधि होडको यात्रा पनि कायम गरेको छ।

शनिबार रातिको खेलमा सेभियाविरुद्ध जित निकालेपछि बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले मात्र पछि छ।

यो सिजन उपाधि जित्न गाह्रो रहेको चर्चा मिडियामा भइरहेको अवस्थामा रोनाल्ड कोम्यानको क्याटलान क्लबले निरन्तर जित निकालिरहेको हो।

उसले पछिल्लो डिसेम्बरमा कार्डिजको मैदानमा २–१ गोलको हार बेहोरेयता ला लिगामा हार बेहोरेको छैन। त्यसयता उसले १४ खेलमा दुई बराबरी र १२ जित निकाल्दा चार अंक गुमाएको छ।

Laxmi sunrise bank
kumari

त्यसअघि नै चार हार बेहोरिसकेको बार्सिलोनाले तीन बराबरी खेलेर १८ अंक गुमाइसकेको थियो। ला लिगाजस्तो विश्वस्तरीय खेलाडी खेल्ने लिगमा १८ अंकले ठूलो महत्त्व राख्ने गरेको छ।

तर, पछिल्लो सयम जितको लयमा फर्किएपछि उसलाई पुनः उपाधि दाबेदारको रूपमा हेर्न थालिएको हो।

शनिबार राति सम्पन्न खेलमा पनि बर्सिलोनाका प्लेमेकर लियोनेल मेस्सी र उसमान डेम्बेलेले गोल गरेपछि बलियो टिम सेभियाविरुद्ध बार्सिलोनाले सहज जित निकालेको थियो।

उसो त यसअघि शीर्ष गोलकर्तामा एथ्लेटिकोका लुइस सुआरेजले लिड गरिरहेको अवस्थामा मेस्सीले १९ गोल गरेर शीर्ष गोलकर्तामा आफ्नो पकड बनाइसकेका छन्।

टिम सेटअप अमिलिरहेको भनिएको बार्सिलानामा कोम्यानको पछिल्ला सेटहरूले काम गर्दै गइरहेका छन्। 

गएरातिको खेलमा पनि ३–१–४–२ को फर्मेसनअन्तर्गत बल भएको समयमा ३–५–२ र नभएको समयमा ५–३–२ को उनको शैली उपयोगी देखिएको छ।

बार्सिलोनाले यही शैलीमा रियल भाल्लाडोलिडलाई ३–० गोलले हराएको थियो।

स्पेनिस फुटबल विश्लेषक ज्यामी रिकोनका अनुसार बार्सिलोनाले यही शैलीमा खेले उपाधि दाबेदारी रहने गएरातिको खेल विष्लेषण गर्दै बताएका छन्।

कोम्यानको यो शैलीले अर्का फरवार्ड एन्टोनी ग्रिजम्यान सुरुआती रोजाइमा पर्न नसकेको उनको तर्क छ।

तर, शनिबारको खेलपछि प्रशिक्षक कोम्यानले बार्सिलोनाका खेलाडीसँग बल नहुँदा मैदानमा देखाएको कामले सफलता मिलेको बताएका छन्।

उनी भन्छन्, ‘हामीले प्रतिस्पर्धीलाई दबाबमा राख्न कोसिस गर्‍यौं। तीन डिफेन्डरसँगै विंग ब्याक पनि हामीसँग थियो।’

कोम्यानका अनुसार सेभिया बलियो टिम भएकाले उसलाई दबाबमा राख्न अनिवार्य भएकाले बल आफ्नो टिमसँग नभएको समयमा पनि प्रतिस्पर्धीलाई दबाबमा राख्न सफल बनेका थिए।

तर, उनले गएरातिको खेलमा ग्रिजम्यानलाई कारबाही गर्दै बाहिर राखिएको नभएर उनको ठाउँमा डेम्बेलाई राखिएको बताएका छन्।

स्पेनिस ला लिगाको शीर्षस्थानका लागि शीर्ष चारमा रहेका एथ्लेटिको मड्रिड, बार्सिलोना, रियल मड्रिड र सेभिया प्रतिस्पर्धामा छन्।

तर, एथ्लेटिकोको दुई खेल हातमा रहेकाले उसलाई अझै अघि जाने मौका भने छ। पछिल्लो खेलमा लेभान्टेसँग पराजित र सेल्टाभिगोसँग पनि बराबरी भएपछि उसले अंक गुमाउन थालेको छ।

जारी सिजमा दुई मात्र हार बेहोरेको मड्रिड चार बराबरीका साथ शीर्षस्थानमा छ।

यता तेस्रो स्थानको रियलले २४ खेलबाट ५२ अंक बनाएको छ। उसले पनि शीर्षस्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ भने सेभिया पनि ४८ अंक बनाएर उपाधि होडमै कायम छ।

प्रकाशित: Feb 28, 2021| 03:43 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।