शनिबार, असार २७, २०८३

वेस्टहामविरुद्ध सिटीको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संषर्घपूर्ण जित निकालेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संषर्घपूर्ण जित निकालेको छ।

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम वेस्टहामलाई २–१ गोलले हराएको हो।

म्यानचेस्टर सिटीको जितका लागि रुबिन डियास र जोन  स्टोन्सले समान १÷१ गोल गरे।

डियासले खेलको ३० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर त्यसको १३ मिनेटपछि वेस्टहामका एन्टोनियोले गोल गर्दै खेललाई बराबरी बनाए।

यससँगै खेलको पहिलो हाफ १–१ गोलको बराबरीमै रोकियो।

सिटीलाई जित दिलाउन दोस्रो हाफको ६८ औं मिनेटमा स्टोन्सले निर्णायक गोल गरे। यससँगै २–१ गोलअन्तर बनाएर सिटीले खेल जित्यो।

यो जितसँगै लिडलिडर सिटीले दोस्रो स्थानको युनाइटेडलाई १३ अंकले पछि पारेको छ। २६ खेल खेलिसकेको सिटी उपाधि नजिक पुग्ने बाटोमा छ।

यता पराजित वेस्टहाम ४५ अंकका साथ चौथो स्थानमा छ।
 

प्रकाशित: Feb 28, 2021| 00:29 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।