शनिबार, असार २७, २०८३

पीएसजीको सानदार जितमा एम्बाप्पेको दोहोरो गोल

फ्रेन्च लिग वानअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – फ्रेन्च लिग वानअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ।

डिजोनको मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले घरेलु टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।

जितका लागि केलियन एम्बाप्पेले दुई गोल गरे भने मोइसे किन र डामिओ पियरेराले समान १–१ गोल गरे।

खेलको छैटौं मिनेटमा गोल गर्दै किनले पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले पहिलो हाफको नतिजालाई २–० बनाएका थिए।

पहिलो हाफमै दुई गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा पनि उतिनै गोल थप्यो।

यसपटक ५१ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे भने पियरेराले ८२ औं मिनेटमा गोल गर्दै खेलको नतिजालाई ४–० मा पु¥याएका थिए।

जितसँगै पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ। एक खेल कम खेलेको लिल्ल ५८ अंकका साथ शीर्षस्थानमा छ भने तेस्रो स्थानको लियोनको ५५ अंक छ।
 

प्रकाशित: Feb 28, 2021| 01:29 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।