शनिबार, असार २७, २०८३

रोनाल्डोको गोलका बाबजुद् बराबरीमा रोकियो युभेन्टस्

इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस् बराबरीमा रोकिएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस् बराबरीमा रोकिएको छ।

वेरोनाको मैदानमा आतिथ्यता पाएको पाहुना टिम युभेन्टस १–१ गोलको बराबरीमा रोकिएको हो।

दुवै पक्षको खेल प्रतिस्पर्धात्मक देखिए पनि अवसरको सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

तर, दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टस‍्का स्ट्राइकर रोनाल्डोले खाता खोले। यससँगै पाहुना टिम एक गोलले अघि रह्यो।

त्यसपछि दबाबमा आएको वेरोनाका एन्टोनिन बरकले ७७ औं मिनेटमा गोल गरेपछि खेल पुनः बराबरीमा पुगेको थियो।

खेल अवधिभर युभेन्टस्ले १५ र वेरोनाले १३ सुट गरे पनि बाँकी सुटले पोस्टभित्रको गति लिन सकेनन्। यससँगै दुवै क्लबले समान १–१ अंक बाँडेका छन्।

गएरातिको बराबरीसँगै युभेन्टसलाई पुनः दुई अंक घाटा लागेको छ। ऊ शीर्षस्थानको इन्टर मिलानभन्दा सात अंकपछि पर्दै तेस्रो छ।

त्यस्तै अर्को टिम वेरोना नवौं स्थानमा छ। उसको ३५ अंक छ।
 

प्रकाशित: Feb 28, 2021| 01:20 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।