शनिबार, असार २७, २०८३

बायर्न र डर्टमन्डको सहज जित

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलबाट साविक विजेता बायर्न म्युनिकले सानदार जित निकालेको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलबाट साविक विजेता बायर्न म्युनिकले सानदार जित निकालेको छ।

बायर्नको घरेलु मैदानमै सम्पन्न खेलमा उसले कोल्नलाई ५–१ गोलअन्तरले हराएको हो।

बायर्नका लागि फरवार्ड रोबर्ट लेवान्डोस्कीले र सर्ज गन्याब्रीले समान २–२ गोल गरे भने एरिक म्याक्सिमले एक गोल गरे।

यता कोल्नका तर्फबाट इलियस खिरीले एक गोल फर्काएका थिए। गएरातिको जितसँगै ५२ अंक बनाएको बार्यन शीर्षस्थानमा छ। उसलाई ५२ अंक बनाएको लाइप्जिककले पछ्याइरहेको छ।

त्यस्तै पाँचौ स्थानमा रहेको बोरुसिया डर्टमन्डले पनि शनिबार राति ३–० गोलको सहज जित निकालेको छ।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम अर्मिनियाविरुद्ध सहज जित निकालेको हो।

डर्टमन्डको जितका लागि महामौड डहुड, जाडन शान्चे र जिसस कावाल्होले समान १–१ गोल गरेका थिए।

यो जितसँगै ३९ अंक बनाएको डर्टमन्ड शीर्षस्थानको बायर्नभन्दा १३ अंकले पछि छ।
 

प्रकाशित: Feb 28, 2021| 01:07 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।