बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीति ठिक नभएसम्म अरु क्षेत्र सुध्रिँदैन : प्रकाशमान सिंह

राजनीति ठिक नभएसम्म अरु क्षेत्र सुध्रिँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठिक नभई अरु क्षेत्र नसुध्रने बताएका छन्। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठिक नभई अरु क्षेत्र नसुध्रने बताएका छन्। 

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताए। ‘सरकारले स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम गर्न सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो’, नेता सिंहले भने।

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलोछिटो जनमतमै जानुपर्ने बताए। गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए। चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा. दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन्। 

कार्यक्रममा चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ पुस्तक  विमोचन  गरिएको थियो। 
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले हालसम्म ७०० जना चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए।

सो अवसरमा चिकित्सकहरूले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित: Feb 27, 2021| 14:05 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।