बिहीबार, भदौ १८, २०८३

आज थप ८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २ हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाका कारण २ जनाको मृत्यु भएको छ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन्। यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ३२५ रहेको छ।

अहिले देशभर ९८६ सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा २१  लाख ६० हजार ४०४ को पीसीआर परीक्षण भएको छ।

पछिल्लो समय कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म २ हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Feb 27, 2021| 13:36 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।