बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाबाट ज्यान गुमाउनेकाे परिवारलाई नगरपालिकाको राहत

काेराेनाबाट ज्यान गुमाउनेकाे परिवारलाई नगरपालिकाको राहत

मकवानपुरको थाहा नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

टिस्टुङ- मकवानपुरको थाहा नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु. एक लाखको दरले राहत उपलब्ध गराएको हो।

कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार रु. एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो।

थाहा नगरमा कोरोना संक्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन्। ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरे।

थाहा नगरमा कोभिड-१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए। रासस

प्रकाशित: Feb 27, 2021| 13:15 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।