बिहीबार, भदौ १८, २०८३

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं- राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ।

जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो। गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो। 

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए। सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए। उनले जिल्ला अध्यक्षले नै समितिलाई पूर्णता दिने बताए।

समिति सात सदस्यीय हुन्छन्। समितिको चार युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछन्। 

सरकारले सङ्घसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ। अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ। 

परिषद्का उपाध्यक्ष ढुङ्गेलले ७५३ स्थानीय तहका वडामा पनि युवा समिति गठन गर्नका लागि ऐन ल्याउन लागिएकोे जानकारी दिए।

सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५ ’को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो। सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो। 

उनले युवा राष्ट्रिय अभियान र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्ववंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको बताए।

परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ। हाल नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (एक करोड सात लाख) रहेका छन्। रासस

प्रकाशित: Feb 27, 2021| 09:15 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।