बिहीबार, भदौ १८, २०८३

दाहालको कटाक्ष : केपी ओली सकुनीको भूमिकामा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको बताएका छन्। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं - नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको बताएका छन्। 

ललितपुरको जावलाखेलमा आयोजित आफू निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको क्षमता जालझेल र बेइमानी मात्रै भएको बताएका हुन्। 

‘केपी जेलमा रहेका बेला महाभारत र चाणक्य नीति मात्रै पढे कि,’ उनले भने, ‘उनलाई सकुनीको भूमिका मन पर्दोरहेछ, अहिले त्यही भूमिकामा छन्।’

दाहालले केपी ओलीले आफूलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताए। अरूको आलोचना सुन्न पनि नसक्ने र सहन पनि नसक्ने ओलीले नेतृत्वमा पुग्न जस्तोसुकै सम्झौता गर्ने दाहालले आरोप लगाए। 

इमान्दारिता र विचारमा ओलीकाे कुनै क्षमता नभएको भन्दै दाहालले भने, ‘बेइमानी, छलकपट, फुटाऊ र शासन गर भन्ने मात्रै हो उनको क्षमता।’

यस्तै उनले सम्झौतामा कतै नभएको एक नम्बर र दुई नम्बर अध्यक्ष बनाएको बताए। ‘केपीले आफूलाई एक नम्बरी र मलाई दुई नम्बरी बनाइँदिए,’ उनले भने। 

दाहालले संसद् पुनर्स्थापनाको पहिलो ‘ब्याटल’ जितेको भन्दै अझै युद्ध बाँकी नै रहेको बताए। अनेक खालका षड्यन्त्रहरू भइरहेको उनको भनाइ छ। 

आफैंले बनाएको संविधानमाथि निर्मम प्रहार कम्युनिष्ट पार्टीकै नेतृत्वबाट हुनुु दुःखद् आश्चर्य भएको दाहालले बताए। 

यस्तै उनले राजनीतिक दलको सहयोगीका रूपमा शिक्षक संगठनहरू गरेको बताए। 

‘कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउने काम शिक्षकहरूले नै गरेका हुन्,’ उनले भने, ‘जनयुद्धमा पनि शिक्षकहरूको निकै महत्त्वपूर्ण भूमिका रह्यो।’

राज्यले भने शिक्षकहरूलाई महत्त्व नदिएको उनको भनाइ छ। कम्युनिष्ट नेताहरू धेरैजसो शिक्षकहरू नै भएको बताए। 

‘म पनि तीन वर्ष शिक्षण पेसामा बिताएँ,’ उनले भने, ‘म जस्ता धेरै साथीहरू हुनुहुन्छ।’

प्रकाशित: Feb 27, 2021| 08:10 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।