बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा युवकको शव फेला

टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा युवकको शव फेला

कैलालीको गोदावरी नगरपालिका–५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै आज एक युवकको शव फेला परेको छ। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

धनगढी – कैलालीको गोदावरी नगरपालिका-५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै आज एक युवकको शव फेला परेको छ। 

स्थानीय ३६ वर्षीय शिवचरण रानाको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्ट र इलाका प्रहरी कार्यालय मालाखेती प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो।

अनुसन्धानका लागि धनगढीस्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएकाे छ।

गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीकाे भनाइ छ।

प्रकाशित: Feb 27, 2021| 04:19 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।