शनिबार, असार २७, २०८३

आहा रारा गोल्डकप : मेडल ट्रफी बेलायतबाट आउने

आहा रारा गोल्डकपको १९ औं संस्करणमा पनि बेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी आउने भएको छ। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

पोखरा – आहा रारा गोल्डकपको १९ औं संस्करणमा पनि बेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी आउने भएको छ। 

१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाइस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने भएको सहारा क्लबले जनाएको छ।

सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो। त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ। 

विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि उक्त ट्रफी निकै आकर्षक भएकाले उक्त ट्रफीको महत्त्व थप बढेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। 

पोखरामा आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ।

उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुने भएको सहारा क्लबले जनाएको छ। 

प्रकाशित: Feb 27, 2021| 03:44 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।