बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय ट्रकको ठक्करबाट सुनसरीमा साइकलयात्रीको मृत्यु

भारतीय ट्रकको ठक्करबाट सुनसरीमा साइकलयात्रीको मृत्यु

सुनसरीको खनारमा शुक्रबार राति भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

विराटनगर – सुनसरीको खनारमा शुक्रबार राति भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। 

मृत्य हुनेमा मोरङको उर्लाबारी नगरपालिका–१ का ४१ वर्षीय मनोज खनाल रहेको प्रहरीले जनाएको छ। 

कोशी लोकमार्गमा उत्तरतर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकलमा सवार खनाललाई शुक्रबार साँझ पौने ७ बजे इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा ठक्कर दिएको थियो। 

गम्भीर घाइते खनालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Feb 27, 2021| 02:35 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।