बिहीबार, भदौ १८, २०८३

परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गरिने

नेपाली मौलिक तथा परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गरिने भएको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडाैं - नेपाली मौलिक तथा परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गरिने भएको छ।

कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्ट्राेनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धन गर्न लागेको हो। 

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत् विदेशी पर्यटक भित्र्याउन ग्यास्ट्राेनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न लागिएको जानकारी दिए।

'एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत् पर्यटन प्रवर्द्धनमा लाग्नेछ', उनले भने। 

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदुरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदुरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ।

एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताए। रासस

प्रकाशित: Feb 27, 2021| 02:11 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।