बिहीबार, भदौ १८, २०८३

पर्सामा बालविवाह : बेहुला र बेहुलाका बुबा पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले बालविवाह गर्ने बेहुला र गराउने बेहुलाका बुबालाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

पर्सा - जिल्ला प्रहरी कार्यालय पर्साले बालविवाह गर्ने बेहुला र गराउने बेहुलाका बुबालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका-१६, लक्ष्मीनारायण टोलमा १७ वर्षीया बालिकासँग शुक्रबार बालविवाह भइरहेका बेला वीरगञ्ज १६, नगवाका १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिए।

दुवैजनामाथि थप अनुसन्धानका लाागि अदालतबाट साात दिनको म्याद थप गराई कानुनी प्रक्रिया अगाडि  बढाइएको उनले बताए। 

तराई मधेशमा अझै बालविवाह कायमै छ। 

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिबाना हुन सक्ने कानुनी व्यवस्था छ।

प्रकाशित: Feb 27, 2021| 01:11 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।