बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुण्डी कारोबार गरेकाे आरोपमा दुई भारतीय नागरिक पक्राउ

हुण्डी कारोबार गरेकाे आरोपमा दुई भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीले हुण्डी कारोबारीको आरोपमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

वीरगञ्ज - पर्सा प्रहरीले हुण्डी कारोबारको आरोपमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र सोही ठाउँका ३७ वर्षीय बिनोद कुमार रहेका छन्।

उनीहरूलाई प्रहरीले वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा स्रोत खुल्न नसकेको सात लाख नेपाली रूपैयाँसहित पक्राउ गरेको हो। 

बी.आर. ०५ एरुडि ६८६९ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको अवस्थामा नियमित चेकजाँचको क्रममा बिहीबार राति रकमसहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

पक्राउ परेका दुवैजनालाई  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 27, 2021| 00:50 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।