बिहीबार, भदौ १८, २०८३

३ घण्टामा २८ वटा सवारीलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ३ घण्टाको अवधिमा २८ वटा सवारी साधनलाई कारबाही गरेको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

सुर्खेत- जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ३ घण्टाको अवधिमा २८ वटा सवारी साधनलाई कारबाही गरेको छ। 

आज (शुक्रबार) दैलेख–सुर्खेत सडक खण्डमा ३ घण्टा ‘सवारी अनुगमन तथा चेकजाँच’ गर्दा २८ वटा सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए। 

कारबाहीमा परेका २८ वटा सवारी साधानबाट ४५ हजार जरिवाना (राजश्व) संकलन भएको छ। चेकजाँच गर्दा दैलेख–सुर्खेत सडक खण्डमा चल्ने अधिकांश सवारी साधनले ट्राफिक नियमविपरीत क्षमताभन्दा बढी यात्रु बोकेको, चालकसँग लाइसेन्स नभएको र मालबहाक सवारी साधनमासमेत यात्रु बोकेको पाइएको थिए। 

दुर्घटनाको कारण पत्ता लगाउने उद्देश्यले यातायात ब्यवस्था कार्यालय सुर्खेत र ट्राफिक प्रहरीले ७ देखि १० बजेसम्म संयुक्त रुपमा चेकजाँच गरेको थिए। 

टोलीले भाडादरका साथै सवारी साधानको अवस्था र सिट क्षमता सवारी साधानको प्राविधिक चेकजाँचसमेत गरेको थियो।

प्रकाशित: Feb 26, 2021| 13:22 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।