शनिबार, असार २७, २०८३

बी डिभिजन लिगमा सातदोबाटोको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो ३–२ गोलले विजयी भएको हो। 

खेलको ११ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सुदुपयोग गर्दै सातदोबाटो  युथ क्लबले अग्रता बनाएको थियो। 
दार्जे तामाङले पोस्टको बीचमा बल प्रहार गर्दैै गोल गरे।

त्यस्तै खेलको २६ औं मिनेटमा फ्रिकिकको बललाई सविन केसीले सातदोबाटोको पोस्टमा छिराएपछि खुमलटारले खेल बराबरी बनाएको थियो।

यससँगै पहिलो हाफमा १–१ गोलको बराबरी भयो।

दोस्रो हाफ सुरु भएसँगै खुमलटारले गोल गर्‍यो। फ्रिकिकमा पाएको बललाई अवदिल हमिदले हेडमार्फत गोल गर्दै ख्मलटारलाई अग्रता दिलाए।

उनको अग्रता ५७ मिनेटसम्म मात्र टिक्यो। सातदोबाटोले गोल गरेपछि खेल पुनः बराबरीमा फर्किएको थियो। 

त्यस्तै, ७३ औं मिनेटमा सातदोबाटोले खेलमा अग्रता जमाएको थियो। यसपटक सातदोबाटोका भुवन बस्नेतले गोल गरे।
यसबाहेक अन्य गोल बन्न नसक्दा खेल सातदोबाटोले जित्यो। नतिाजा ३–२ रह्यो।

यसँगै शीर्षस्थानको सातदोबाटोले सात खेलबाट एक बराबरीका साथ १९ अंक जोडेको छ। १६ अंकका साथ खुमलटार दोस्रो स्थानमा छ।

प्रकाशित: Feb 26, 2021| 11:02 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।