बिहीबार, भदौ १८, २०८३

पार्टी एकता गर्न ओलीसँग वामदेवको प्रस्ताव

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीसँग प्रस्ताव गरेका छन्।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीसँग प्रस्ताव गरेका छन्।

गौतमले प्रधानमन्त्री ओलीलाई शुक्रबार भेट गरी अब वामपन्थी शक्ति एकजुट हुनुको विकल्प नभएको भन्दै एकताको प्रस्ताव गरेका हुन्। 

गौतम  प्रधानमन्त्री ओलीलाई भेट्न दिउँसो बालुवाटार पुगेका थिए। ओली र गौतमबीच करिब डेढ घन्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए।

गौतम ओलीलाई भेट्न दिउँसो २ बजे बालुवाटार पुगेका थिए। पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। 

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्। 

गौतमले बिहीबार नेकपा–दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी एकताको प्रस्ताव राखेका थिए।

प्रकाशित: Feb 26, 2021| 10:48 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।