आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल मैदानमै फोर्थ अफिसियललाई प्रशिक्षक राईको धम्की– ‘धेरै बढ्ता नबोल्’

फुटबल मैदानमै फोर्थ अफिसियललाई प्रशिक्षक राईको धम्की– ‘धेरै बढ्ता नबोल्’

खुमलटारका प्रशिक्षक राजेश राईले भने, ‘आफ्नो जोन छोडेर मेरो जोनमा किन?’
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबार सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल सकिनै लागेको थियो। खेलमा खुमलटार ३–२ गोलले पछि थियो।

National life

एक्कासि खुमलटार युथ क्लबका प्रशिक्षक राजेश राई गेमका फोर्थ अफिसियलसँग ठूलो स्वरमा कराउन थालेपछि सबैको ध्यान झगडातर्फ गयो।

खुमलटारका प्रशिक्षक राजेश राईले भने, ‘आफ्नो जोन छोडेर मेरो जोनमा किन?’

उनी खेलका फोर्थ अफिसियल आफ्नो जोनमा प्रवेश गरेपछि खुबै रिसाएका थिए।

फुटबल खेल प्रशिक्षक बस्ने क्षेत्रलाई प्राविधिक एरिया भनिन्छ। जहाँ प्रशिक्षक व्यवस्थापक, सहायक प्रशिक्षक, सब्स्टिच्युट खेलाडीलगायत हुन्छन्।

Laxmi sunrise bank
kumari

तर फुटबलमा फोर्थ अफिसियलले प्राविधिक एरियामा जान नपाउने भन्ने नियम नरहेको लिग निर्देशक सञ्जीव मिश्र बताउँछन्।

प्रशिक्षक राईले फोर्थ अफिसियललाई धम्कीसमेत दिए। अर्का प्रशिक्षकले बाहिर धकेल्दै गरेको अवस्थामा उनले भन्दै थिए, ‘धेरै बढ्ता नबोल्।’

एन्फाका सेक्युरेटीले फर्काएर लगे पनि उनी पुनः कराउँदै गरेको लाइभमा देख्न सकिन्छ।

मिश्रका अनुसार अब एन्फाको अनुशासन समितिले फुटेज हेरेर कारबाही गर्ने वा नगर्ने निर्क्याेल गर्नेछ।

उनले नेपाल समयसँग भने, ‘लिगको कोड अफ कन्डक्ट हामीसँग छ। ध्ययन गरेर कारबाही गर्नुपर्ने हो वा होइन निर्णय लिन्छौं।’

उसो त राईले यसअघि नै दोहोरो कार्ड बेहोरिसकेका थिए। यस क्रममा उनले पहिले पहेंलाे कार्ड खाए भने इन्ज्युरी समयमै रातो कार्ड पनि पाए।

त्यही कार्ड पाएपछि उनी ठूलो स्वरमा कराउन थालेका थिए, ‘मेरो जोनमा किन? मेरो जोनमा आउन पाइँदैन। तिम्रो जोनमा म आएको छु?’

झगडाबीच सातदोबाटो र खुमलटारको खेल सकियो। र शीर्षस्थानको सातदोबाटोले खेल जित्दै खुमलटारसँग अंक दुरी बढायो।

त्यसो त बी डिभिजनको आजको खेल दुई शीर्ष टिमबीचको भिडन्त थियो। यो खेलमा जित निकाल्न शीर्षस्थानमा रहन्थ्यो भने पराजित हुने दोस्रो स्थानमा।

ए डिभिजनमा उक्लने एकमात्र खुड्किलो पनि यही लिग हो। लगातार जित निकालिरहेका दुवै टिमका लागि यो जित निकै अनिवार्यजस्तै थियो।

खुमलटार युथ क्लबका अध्यक्ष मनीराज बस्नेतले यसलाई ठूलो घटनाका रुपमा व्याख्या गर्नु नपर्ने बताए। 

उनले भने, ‘यो सानो मिस अन्डरस्ट्यान्डिङ पनि हो। फोर्थ अफिसिलयलबाट केही मिसबिहेभ हुन खोजे पनि हामीले त्यसलाई गम्भीर रूपमा लिएका छैनौं।’

‘हामीलाई चित्त नबुझेको कुरा त भन्न पाउनुपर्‍यो नि। एन्फाले पनि अलिक एक्स्क्युज माग्ने खालको रेफ्री राख्नुपर्‍यो,’ बस्नेतले भने।

उनले प्रश्न गरेका छन्, ‘इन्ज्युरी समयमा अपोनेन्टले बल होल्ड गरिरहेको छ। त्यस्तो अवस्थामा प्रशिक्षकले छिटो गर भन्न त पाउनुपरो नि हैन र?’

यसै क्रममा रेफ्रीले कार्ड देखाएको उनले बताए।
 

प्रकाशित: Feb 26, 2021| 10:30 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।