बिहीबार, भदौ १८, २०८३

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

उनलाई नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डा. राजीव झाले बताए। उनलाई बिहीबार राति मस्तिष्कघात भएको थियो।

झाका अनुसार जाेशीकाे रक्तचाप कम भएकाले बढाउने औषधि दिइएको छ।

जोशीलाई देब्रे अंग बाउँडिन थालेपछि बिहीबार राति वीर अस्पतालमा लगिएको थियो। वीरमा केहीबेर उपचारपछि जोशीलाई शुक्रबार बिहान नर्भिक लगिएको थियो। उनी त्यतिबेला बेहोस थिए। 

सिटिस्क्यान गर्दा उनलाई मस्तिष्कघात भएको नर्भिकले जनाएको छ। त्यसपछि जोशीलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर डा. झाको टोलीले उपचार सुरु गरेकाे थियो।

जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित: Feb 26, 2021| 10:11 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।