काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रमुख सचेतक देव गुरुङलाई पदबाट हटाएका छन्।
गुरुङको ठाउँमा विशाल भट्टराईलाई नियुक्त गरिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।
भट्टराई खोटाङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफू निकट प्रदेश १ का सांसदहरुसँग छलफल गरेका थिए।
सोही क्रममा प्रधानमन्त्री ओली प्रमुख सचेतक गुरुङलाई धन्यवादसहित बिदाइ गर्दै भट्टराईलाई जिम्मेवारी दिएको जानकारी दिएका थिए।