मंगलबार, असोज २०, २०८३

एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। 

काठमाडौंको तीनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षीय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो।

उदासलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले चेक हस्तान्तरण गरेका हुन्। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्य गरिरहेको छ। 
 

प्रकाशित: Feb 26, 2021| 09:16 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्