मंगलबार, असोज २०, २०८३

सात करोड लागतमा थानकोट डिपोमा बनाइयो पार्किङस्थल 

नेपाल आयल निगमले थानकोट डिपोमा सात करोड लागतमा ट्याङ्कर पार्किङस्थल बनाएको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– नेपाल आयल निगमले थानकोट डिपोमा सात करोड लागतमा ट्याङ्कर पार्किङस्थल बनाएको छ। 

थानकोट डिपो गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे पनि गरेको हो।

सडक कालोपत्रे गर्न, पार्किङस्थल, पर्खाल निर्माणलगायतको लागि सात करोड रुपैयाँ खर्च भएको निगमले जनाएको छ। 

डिपो प्रमुख प्रदीप यादवले निगमकै स्वामित्वको ३९ रोपनी जग्गालाई तीन सय ट्यांकर अटाउन सकिने पार्किङ बनाइएको जानकारी दिए। 

यसअघि मुल सडकबाट डिपोमा छिर्ने बाटोभरी ट्यांकरको अव्यवस्थित पार्किङ हुने गरेको थियो। 

थानकोट डिपोबाट हाल दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल बिक्री हुँदै आएको छ।

ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्या पनि बढाइएको यादवले बताए। पहिले २ वटा पेट्रोल र २ वटा डिजेल प्वाइन्ट थिए। अहिले थप २ वटा पेट्रोल र ६ वटा डिजेल प्वाइन्ट बनाइएको हो। 

त्यस्तै भूकम्पले क्षतिग्रस्त एउटा भर्टिकल ट्यांकीको मर्मत पनि गरिएको यादवले जानकारी दिए।
 

प्रकाशित: Feb 26, 2021| 08:33 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्