बिहीबार, भदौ १८, २०८३

काठमाडौंको तारकेश्वरमा पुनः देखियाे बर्डफ्लु

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु देखिएको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु देखिएको छ। 

व्यावसायिक पालन गरिएका कुखुराका नमुना परीक्षण गर्दा पुनः बर्डफ्लु देखा परेको पशु सेवा विभागले जनाएको छ। 

विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर परीक्षण गर्दा बर्डफ्लु देखा परेको हो। 

तारकेश्वरका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि अन्य क्षेत्रमा फैलन नदिन संघ, प्रदेश र स्थानीय तहका पशु सेवा कार्यालयसँग समन्वय गरी जनशक्ति परिचालन गरिएको ढकालले बताए। 

विभागले बर्डफ्लु नियन्त्रणका लागि फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न, फार्म परिसरमा नियमित निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पक्षीपालक कृषकलाई अनुरोध गरेको छ।

त्यस्तै घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमा आउन नदिन खुल्लारूपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्न विभागले अनुरोध गरेको छ।

त्यस्तै पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विभागकी महानिर्देशक डा. दयमन्ति श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य परीक्षणपछि भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै ओसारपसार गर्नु÷गराउन विज्ञप्तिमा भनिएको छ।

यसअघि गत माघ दोस्रो साता पनि तारकेश्वरका कुखुरामा बर्डफ्लुमा भेटिएको थियो। त्यसपछि सुर्खेतको विरेन्द्रनगरमा बर्डफ्लु भेटिएको थियो।

विभागले रोग पुष्टि भएका सबै क्षेत्रबाट ठूलो संख्यामा पक्षीजन्य उत्पादन नष्ट गरेको जानकारी गराएको छ।

विभागका अनुसार हालसम्म पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई गरी १५ हजार ४६४ पक्षी नष्ट गरिएको छ।  

त्यस्तै तीन हजार ५७० अण्डा र तीन हजार किलो दानासमेत सुरक्षित तवरले नष्ट गरिएको तथा देखा परेको क्षेत्रमा पूर्णरूपमा निसंक्रमण समेत गरिएको विभागले जानकारी दिएको छ।

प्रकाशित: Feb 26, 2021| 06:42 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।