काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ।
मस्तिष्कघात भएपछि उनी शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो।
शल्यक्रिया सकिएपछि उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बिहीबार राति बेहोस भएका जोशीलाई शुक्रबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो। मस्तिष्कमा रगत देखा परेकाले तत्काल शल्यक्रिया गरिएको हो।