शनिबार, असार २७, २०८३

मिलान युरोपा लिगको प्रिक्वार्टरफाइनलमा, नापोली बाहिरियो

इटालियन क्लब एसी मिलान सर्बेर्ना ज्वेज्डलाई पछि पार्दै यूईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं – इटालियन क्लब एसी मिलान सर्बेर्ना ज्वेज्डलाई पछि पार्दै यूईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

उसले सर्बियन क्लब सर्बेर्नालाई अवे गोलका आधारमा पछि पार्दै युरोपा लिगको अघिल्लो चरणमा प्रवेश पाएको हो।

फेब्रुअरी १८ मा सर्बेर्नाको मैदानमा सम्पन्न पहिलो लेगको खेलमा मिलानले २ गोल गरेको थियो भने घरेलु टिमले पनि समान २ गोल गरेको थियो।

त्यस्तै बिहीबार राति मिलानको मैदान सान सिरोमा सम्पन्न खेलमा १–१ गोलको बराबरी भएपछि समग्र नतिजा ३–३ गोल भएको थियो।

तर, मिलानले दुई अवे गोल र सर्बेर्नाले एकमात्र अवे गोल गरेपछि एसी मिलान युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको हो।

युरोपा लिगमा होम गोलभन्दा अवे गोलको मान्यता धेरै हुने गरेको छ। र, बराबरी भएको अवस्थामा अवे गोलले धेरै मान्यता राख्ने हुनाले मिलान विजयी भएको हो।

यता अर्को इटालियन क्लब नापोली भने स्पेनिस क्लब ग्रानाडासँग पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको छ।

नापोलीको घरेलु मैदान सन पावलो रंगशालामा सम्पन्न दोस्रो लेगको खेलमा उसले २–१ गोलको जित निकाले पनि समग्रमा ३–२ गोलले पछि पर्दै अन्तिम १६ मा पुग्नबाट वञ्चित भएको हो।

यसअघि ग्रानाडाको मैदानमा सम्पन्न खेलमा नापोलीले २–० गोलको हार बेहोर्दा घरेलु टिमले जित निकालेको थियो। यसकारण नापोलीलाई दोस्रो लेगमा एक गोलको अग्रता पर्याप्त थिएन।

तर, उसले दुई वा सोभन्दा धेरै गोलको अग्रता बनाउन नसक्दा अन्तिम १६ मा पुग्नबाट वञ्चित भएको हो।

प्रकाशित: Feb 26, 2021| 02:38 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।