शनिबार, असार २७, २०८३

युनाइटेड अन्तिम १६ मा, लेस्टर युरोपा लिगबाट बाहिरियो

स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध अन्तिम ३२ को खेलमा जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काडमाडौं – स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध अन्तिम ३२ को खेलमा जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।

इटालीको युभेन्टस् रंगशालामा भएको पहिलो लेगको खेलमा ४–० गोलको जित निकालेको युनाइटेडले दोस्रो लेगको खेलमा बराबरी गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

कोभिड–१९ को सुरक्षा चुनौतीका कारण पहिलो लेगको खेल स्पेनबाट इटालीमा सारिएको थियो। उक्त खेलमा युनाइटेलले ४–० गोलको जित निकालेको थियो।

तर, बिहीबार राति युनाइटेडमै मैदानमा सम्पन्न खेलमा भने युनाइटेड र सोसिडाड दुवै क्लबले गोल गर्न सकेनन्। यसकारण समग्रमा ४–० गोलको अग्रता साथ युनाइटेडले अन्तिम १६ मा प्रवेश पाएको हो।

यता अर्को प्रिमियर क्लब लेस्टर सिटी भने युरोपा लिगबाट बाहिरिएको छ। उसले घरेलु मैदानमै सम्पन्न दोस्रो लेगको खेलमा चेक क्लब स्लविया प्रहबाट २–० गोलको हार बेहोरेपछि लिगबाट बाहिरिएको हो।

यसअघि प्रागको इडेन एरिनामा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। तर, रिटर्न लेगमा प्रहले जित निकालेपछि ऊ अन्तिम १६ मा प्गेको छ भने लेस्टर बाहिरिएको छ।

प्रकाशित: Feb 26, 2021| 01:48 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।