शनिबार, असार २७, २०८३

स्पिनर चम्किएको टेस्ट क्रिकेट

आयोजक इन्डिया र पाहुना टिम इंग्ल्यान्डका स्पिन बलर चम्किएपछि पाँच दिनको टेस्ट क्रिकेट दुई दिनमै सकिएको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं – आयोजक इन्डिया र पाहुना टिम इंग्ल्यान्डका स्पिन बलर चम्किएपछि पाँच दिनको टेस्ट क्रिकेट दुई दिनमै सकिएको छ।

पुनर्निर्माणपछि इन्डियाको नरेन्द्र मोदी रंगशालामा पहिलो पटक भएको डे–नाइट टेस्ट क्रिकेटमा इन्डियाले इंग्ल्यान्डलाई १० विकेटले हराएको खेल दुई दिनमै सकिएको हो।

टस जितेर ब्याटिङ सुरु गरेको इंग्ल्यान्डलाई इन्डियाका स्पिनर अक्षर पटेलले ६ र रविचन्द्र अश्विनले तीन विकेट गिराएपछि पाहुना टिम ११२ रनमा समेटिएको थियो।

टेस्ट क्रिकेटमा यो संख्यामा रन हुनु अत्यन्तै न्यून मानिन्छ। त्यस्तै जवाफी ब्याटिङमा इंग्ल्यान्डका जोय रुटले पाँच र ज्याक लिचले चार विकेट लिएपछि इन्डिया पनि १४५ रनमै अलआउट भयो।

पहिलो इनिङ नै कमजोर देखिएको टेस्टमा दोस्रो इनिङ अझै नाटकीय बन्यो। दोस्रो इनिङमा पनि अक्षर पटेलले ५, रविचन्द्र अश्विनले चार र वासिंटन सुन्दरले एक विकेट गिराएपछि इंग्ल्यान्ड ८१ रनमा समेटियो।

त्यसपछि ४९ रनको लक्ष्य पाएको इन्डियाले विना विकेट गुमाएर लक्ष्य परा ग¥यो।

यससँगै विश्व क्रिकेट समर्थकको ध्यान अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा केन्द्रित भएको छ।

मानिसहरूले त्यहाँको पिचबारे शंका गर्न थालेका छन्। नयाँ पिच भएका कारण ब्याट्सम्यानलाई गाह्रो भएको क्रिकेट पण्डितले बताका छन्।

प्रकाशित: Feb 26, 2021| 01:23 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।