शनिबार, असार २७, २०८३

आरसीटी र बोइज युनियनको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ४–२ गोलको जित निकालेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ४–२ गोलको जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आरसीटीले नयाँवस्तीमाथि सहज जित निकालेको हो।

आरसीटीका लागि अजित गुरुङले २ गोल गरे भने सुरेन खवास र विश्व थापाले १–१ गोल गरे। यता नयाँवस्तीका लागि अणेश हमाल र सुचु गुरुङले १–१ गोल फर्काए।

यो जितसँगै आरसीटीले सात खेलबाट ९ अंक जोडेको छ भने नयाँवस्तीको ११ अंक छ।

त्यस्तै, एन्फा कम्प्लेक्समै सम्पन्न दोस्रो खेलमा बोइज युनियन क्लबले झम्सिखेल युथ क्लबलाई ४–० गोलले हराएको छ।
बोइज युनियनको जितका लागि विनोद राईले ह्याट्रिक गरे भने टंक बहादुर स्याङतानले एक गोल थपे।

खेलको २६ औं मिनेटमा गोल गर्दै बोइज युनियन क्लबका टंक बहादुर स्याङतानले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा बोइज युनियन एक गोलले अघि रह्यो।

दोस्रो हाफको ६४ औं, ८५ औं र इन्ज्युरी समयमा लगातार ३ गोल गर्दै राईले ह्याट्रिक पुरा गरेपछि बोइज युनियनले फराकिलो जित निकाल्यो।

प्रकाशित: Feb 25, 2021| 12:21 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।