शनिबार, असार २७, २०८३

पहिलो इनिङ : सस्तैमा समेटिए इङ्ल्यान्ड र इन्डिया

दुवै देशका व्याट्स्मेन चल्न नसक्दा इन्डिया–इङ्ल्यान्डबीचको टेस्ट सिरिज अन्तर्गतको तेस्रो खेलमा आयोजक र पाहुना टिम सस्तैमा समेटिएका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- दुवै देशका ब्याट्स्मेन चल्न नसक्दा इन्डिया–इङ्ल्यान्डबीचको टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेलमा आयोजक र पाहुना टिम सस्तैमा समेटिएका छन्।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत अहमदाबादको मोटेरा स्टेडियम (नरेन्द्र मोदी रंगशाला) मा जारी खेलको पहिलो इनिङमा इङ्ल्यान्डले ११२ रन बनाएको थियो भने इन्डियाले १४५ रन बनाएको हो।

टस जितेर ब्याटिङ राजेको इङ्ल्यान्डले ४८ ओभर ४ बलमा ११२ रन बनाउँदा ज्याक क्राउलीले सर्वाधिक ५३ रन जोडे। उनीबाहेर अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता घरेलु टिमका अक्षर पटेलले २१ ओभर चार बल बलिङ गर्दै मात्र ३८ रन खर्चिँदै ६ विकेट गिराए।
त्यस्तै रविचन्द्र अश्विनले तीन विकेट लिए।

पहिलो इनिङको जवाफी ब्याटिङमा आएको इन्डियाका लागि रोहित शर्माले सर्वाधिक ६६ रन हिर्काउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गरेनन्। कप्तान विराट कोहलीले भने २७ रन जोड्न सके।

५३ ओभर दुई बल खेलेको इन्डियालाई सस्तैमा रोक्न इङ्ल्यान्डका जोय रुटले पाँच र ज्याक लिचले ४ विकेट गिराए।

प्रकाशित: Feb 25, 2021| 10:51 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।