बिहीबार, भदौ १८, २०८३

कर्णालीमा २७ हजारले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोना खोप लगाएका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोना खोप लगाएका छन्। पहिलो चरणको खोप अभियानअन्तर्गत उनीहरूले खोप लगाएका हुन्। 

सुर्खेतमा सबैभन्दा बढी अर्थात् सात हजार ४७५ जनाले खोप लगाएका छन्।  तथ्यांकअनुसार दैलेखका तीन हजार १८४, जाजरकोटका दुई हजार १४, सल्यानका दुई हजार ५४१ र रुकुम पश्चिमका २ हजार ६११ जनाले खोप लगाएका छन्। 

जुम्लाका दुई हजार ३८४, कालिकोटका दुई हजार ५६३, हुम्लाका एक हजार ६५८,  मुगुका एक हजार ४७८ र डोल्पाका एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए।

हालसम्म सात हजार ५६१ जनालाई कोरोना संक्रमण भएको कर्णालीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शून्य छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेत र जुम्लाबाहेक अन्य जिल्ला संक्रमण मुक्त भइसकेका छन्।
 

प्रकाशित: Feb 25, 2021| 10:31 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।