शनिबार, असार २७, २०८३

एम्बाप्पेले पनि एक खेल गुमाउने

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको एक खेल गुमाउने भएका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको एक खेल गुमाउने भएका छन्।

उनलाई स्पेनिस प्रोफेसनल फुटबल लिग (एलएफपी) को अनुशासन समितिले एक खेलमा निलम्बित गरेपछि खेल गुमाउने भएका हुन्।

पछिल्लो समयमा उनले मोनाकोविरुद्धको खेलमा पहेँलो कार्ड पाएका थिए। यससँगै उनले १० खेलमा तीन यल्लो कार्डको सामना गरिसकेका छन्।

यससँगै उनी अब बोरडक्सको मैदानमा हुने अवे खेलमा उपस्थित हुने छैनन्। तर त्यसअघि आउँदो शनिबार हुने खेलमा भने उनी उपस्थित हुनेछन्।

बोरडक्सँगको खेल मार्च ४ मा छ। चोटका कारण डी मारिया र नेयमार पनि गुमाएको टिमका लागि एम्बाप्पको अनुपस्थिति प्रशिक्षक माओरिसियो पेचेतिनोका लागि भारी पर्न सक्नेछ।

साथै त्यसपछि मार्च ११ मा हुने बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको रिटर्न लेगको खेलमा लागि पनि पेचेतिनोले टिमलाई तयार गर्नुपर्नेछ।

यसकारण टाइट तालिकाको समयमा खेलाडी व्यवस्थापन प्रशिक्षकका लागि थप जटिल बनेको छ। किनभने त्यसबीच पीएसजीले फ्रेन्च कपमा ब्रिस्टको पनि सामना गर्नेछ।

प्रकाशित: Feb 25, 2021| 10:00 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।