बिहीबार, भदौ १८, २०८३

बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिह्न 

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका कारण बढुवा भएका दुई प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

धनगढी- बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका कारण बढुवा भएका दुई प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेको थियो।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षकमा र ईलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा पदोन्नति गरेको हो।

आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
 

प्रकाशित: Feb 25, 2021| 09:15 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।