बिहीबार, भदौ १८, २०८३

२५ लाख ३५ हजारसहित दुई भारतीय पक्राउ

बाराबाट प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

वीरगन्ज– बाराबाट प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीले भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको हो।

कलैया–मटिअर्वा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका–८ बरेवा टोलमा खानतलासीका क्रममा उनीहरुको साथबाट उक्ता परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। 

बीआर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उनले बताए।  

उनीहरुको साथबाट एक हजार दरका १७७२ थान अर्थात् १७ लाख ७२ हजार र पाँच सय रुपैयाँ दरका एक हजार पाँच सय २६ थान अर्थात् सात लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकाले मोटरसाइकल र दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रकाशित: Feb 25, 2021| 08:12 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।