बिहीबार, भदौ १८, २०८३

सशस्त्रका इन्स्पेक्टर र सई घुससहित पक्राउ

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई ५० हजार घुस रकमसहित पक्राउ परेका हुन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

बुटवल– सशस्त्र प्रहरी निरीक्षकसहित दुई प्रहरी कर्मचारी बिहीबार घुससहित पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई घुसबापत लिएको ५० हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।


फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा बिहीबार बिहान १० बजे गैडहवा गाउँपालिका–३ बाट नियन्त्रणमा लिइएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। 

नियन्त्रणमा लिएकाहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी भुसालले बताए।
 

प्रकाशित: Feb 25, 2021| 07:45 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।