बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोहनविक्रम सिंह भन्छन्– अस्थिरताको कारक ओली नै हुन् 

मोहनविक्रम सिंह भन्छन्– अस्थिरताको कारक ओली नै हुन् 

‘अब संसद्ले बहुमतबाट प्रधानमन्त्री बनाउँछ तर, त्यसमा साम्राज्यवादी र दक्षिणपन्थी शक्ति खेल्छन्।’
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

बुटवल– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ लगेको आरोप लगाएका छन्। 

उनले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान र लोकतन्त्रलाई बचाए पनि अस्थिरता सुुरु भएको बताए। 

‘सर्वोच्चको फैसलाले संविधानलाई बलियो, विश्वसनीय र सुदृढ बनाएको छ’, प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘तर फेरि अस्थिरता निम्त्याउनका लागि शक्ति राष्ट्र खेल्छन्।’ 

उनले ओलीले संविधानको अतिक्रमण गरेर विघटन गरेको बताए। नेता सिंहले ओलीले पार्टीभित्रको बहुमतको निर्णय नमान्ने र संसद् पनि फेस गर्दिनँ भन्दा संसद् विघटन भएको बताउँदै अब फेरि मुलुकमा अराजकता निम्तन सक्ने बताए।

‘अब संसद्ले बहुमतबाट प्रधानमन्त्री बनाउँछ तर, त्यसमा साम्राज्यवादी र दक्षिणपन्थी शक्ति खेल्छन्’, उनले भने।  

सिंहले ओली र नेपाली कांग्रेसको गठबन्धन भएर एमसीसी पारित गराउन सक्ने सम्भावना रहेको बताए। 

अमेरिकाले नेपालमा सेना राखेर चीनविरुद्ध गतिविधि गर्न चाहेको समेत उनले बताए। 

उनले आफूहरु बुर्जुवा संसदीय पद्धतिलाई नमान्ने बताउँदै संसदीय अराजकता सुरु भएको दाबी गरे। ‘यी सबै अराजकता र अस्थिरताको जिम्मेवार केपी ओली नै हुन्’, उनले भने।

उनले सर्वोच्चको फैसलापछि ओलीले राजीनामा दिएर निकास दिएको भए नैतिकता देखिने बताए। तर, राजीनामा नआएकाले संसद्बाट नै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। 

‘ओलीले छलछाम गर्नुभन्दा संसद्को निर्णय मान्दा राम्रो हुन्छ’, उनले भने।  सिंहले आफूहरुले कसलाई समर्थन गर्ने भन्ने कुरा पछि मात्रै थाहा हुने बताए।

प्रकाशित: Feb 25, 2021| 07:20 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।