बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार निर्माणमा सहकार्य गर्न जसपासँग दाहाल–नेपालको प्रस्ताव 

सरकार निर्माणमा सहकार्य गर्न जसपासँग दाहाल–नेपालको प्रस्ताव 

‘पछिल्लो राजनीतिक परिस्थितिका बारेमा हाम्रो छलफल भएको छ,’ जसपा नेता राजेन्द्र श्रेष्ठले नेपाल समयसँग भने, ‘उहाँहरुले सहकार्य गरेर अघि बढौं भन्ने प्रस्ताव राख्नुभएको छ।’
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि राजनीतिक दलहरुले सत्ता सममीकरणका लागि छलफल तीव्र पारेका छन्।

नेकपाको दाहाल–नेपाल समूहले सर्वोच्चको फैसलासँगै संसद पुनःस्थापना भएर प्रतिनिधिसभाको अधिवेशन आह्वान हुने भएपछि छलफल तीव्र बनाएको हो।

यसै क्रममा बिहीबार जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको छ। 

‘पछिल्लो राजनीतिक परिस्थितिका बारेमा हाम्रो छलफल भएको छ,’ जसपा नेता राजेन्द्र श्रेष्ठले नेपाल समयसँग भने, ‘उहाँहरुले सहकार्य गरेर अघि बढौं भन्ने प्रस्ताव राख्नुभएको छ।’

नेता श्रेष्ठका अनुसार दाहाल–नेपाल समूहको प्रस्तावपछि जसपाको औपचारिक बैठक बसेर निर्णय दिने जवाफ दिइएको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका दाहाल– नेपालले बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र श्रेष्ठसँग छलफल गरेका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु मिलेर सरकार बनाउने विषयमा नेकपाको दाहाल–नेपाल समूहले औपचारिक रुपमा प्रस्ताव गरेको हो। 

‘उहाँहरुले प्रस्ताव राख्नुभएको छ। हामीले पनि हाम्रो एजेन्डा र संविधान संशोधन लगायतका थुप्रै विषयमा पनि छलफल गरेर निष्कर्षमा पुगौं भनेका छौं,’ श्रेष्ठले भने, ‘यस विषयमा पार्टीको बैठक बस्छ र हामी कसरी अघि बढ्ने भन्ने निष्कर्ष निकाल्छौं।’

जसपाले संविधान संशोधन र थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएको छ। 

नेता श्रेष्ठका अनुसार दाहाल–नेपालसँगको छलफलमा मधेसका मुद्दाका विषयमा विगतमा भएका सहमति कार्यान्वयन हुन नसकेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रस्ट धारणा आउनुपर्ने विषय उठाइएको छ। 

जसपा संसदको तेस्रो ठूलो दल हो। प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद छन्। संघीय संसद्मा ३४ जना सांसद भए पनि जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्।

प्रकाशित: Feb 25, 2021| 06:56 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।