काठमाडौं - नेकपा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकताको प्रस्ताव लिएर आज नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।
एकताको प्रस्ताव लिएर नेता गौतम दाहाललाई भेट्न बिहान उनको निवास खुमलटार पुगेका थिए।
दुईजनाबीच करिब आधा घन्टा भेटवार्ता भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए।
नेता गौतमले दाहाललाई पार्टी एकताका लागि प्रस्ताव राखेका थिए। तर, दाहालले भने ठोस कुनै जवाफ नदिएको बताइएको छ।
गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका थिए।
सर्वोच्च अदालतको फैसलाले विभाजित बनेको नेकपालाई पुनः एकता गर्न सहज हुने गौतमले प्रतिक्रिया दिइसकेका छन्।
यद्यपि दाहाल-नेपालले भने तत्काल नेकपा एकता हुन नसक्ने बताइसकेका छन्।