बिहीबार, भदौ १८, २०८३

दाहाल-नेपाल भेट्न जसपा नेताहरू पेरिसडाँडामा

जनता समाजवादी पार्टीका नेताहरू नेकपा दाहाल–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं - सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने निर्णय गरेसँगै दलहरूबीच छलफल तीव्र बनेको छ।

नेकपाको दाहाल-नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ।

यसैबीच जनता समाजवादी पार्टीका नेताहरू नेकपा दाहाल–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन्।

जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्। 

दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन्।

अहिले नेताहरूबीच पेरिसडाँडामा छलफल भइरहेको छ। 

फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो।

हिजोमात्रै दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर सहकार्यका लागि प्रस्ताव गरेका थिए।

र, याे पनि 

वामदेव गाैतमले दाहालसमक्ष राखे पार्टी एकताको प्रस्ताव, दाहालले दिएनन् ठाेस जवाफ

प्रकाशित: Feb 25, 2021| 05:02 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।