शनिबार, असार २७, २०८३

सिटीको जित

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा प्रिमियर क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं – च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा प्रिमियर क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ।

सहज जित निकाल्ने क्रममा उसले जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखलाई २–० गोलले हराएको हो।

सिटीको जितका लागि बर्नान्डो सिल्वाले एक गोल गरे भने ग्याब्रियल जिससले समान १–१ गोल गरे।

खेलको २९ औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई सिल्वाले गोलमा परिणत गरेका थिए। त्यस्तै, खेलको ६५ औं मिनेटमा सिल्वाले दिएको पास जिससले गोलमा बदलेपछि सिटीले खेल जितेको थियो।

बुधबार रातिको खेलमा गोल गर्दै सिल्वाले सिटीका लागि ३५ गोल गरेका छन्। हंगेरीको बुढापेस्टमा भएको गएरातिको जितसँगै च्याम्पियन्स लिगको विजेता बन्ने महत्वकांक्षा लिएको सिटी त्यसतर्फ अग्रसर भएको हो।

अब उसले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न अर्को खेलमा एक गोलको हार वा बराबरी पनि पर्याप्त हुन्छ।

तर, प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो टिम अझै सशक्त भएर आउने बताउँछन्। अरुको दबदबा नहेरिकन आफ्नो टिमलाई अघि बढाउने ग्वार्डिओलाले बताएका छन्।

उनको टिम गएरातिको जितसँगै सबै प्रतियोगितामा गरी लगातार १९ खेलमा अपराजित छ। साथै सिटी पहिलोपटक च्याम्पियन्स लिग जित्ने महत्त्वकांक्षाका साथ अघि बढिरहेको छ।
 

प्रकाशित: Feb 25, 2021| 03:14 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।