शनिबार, असार २७, २०८३

टोटेनहम युरोपा लिगको अन्तिम १६ मा

सानदार जितका साथ टोटेनहम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं – सानदार जितका साथ टोटेनहम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

टोटेनहम हट्स्पर मैदानमा सम्पन्न खेलमा घरेलु टिमले दोस्रो लेगमा पाहुना टिम उल्भ्सबर्गविरूद्ध ४–० गोलको जित निकालेको हो।

यसअघि पहिलो लेगको खेलमा टोटेनहमले ४–१ गोलको जित निकालेको थियो। र, बुधबार रातिको खेलसँगै ८–१ गोलको समग्र गोलअन्तरमा अन्तिम १६ मा प्रवेश पाएको हो।

दोस्रो लेगमा जितका लागि कार्लोस भिनिसियसले दोहोरो गोल गरे भने डेले अलि र ग्यारेथ बेलले समान १–१ गोल गरे।

टोटेनहम २०१५–१६ यता पहिलोपटक युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको हो।

उक्त सिजनमा टोटेनहम थोमस टुचेलको बोरुसिया डर्टमन्डसँग पराजित भएको थियो।

तर, यो सिजनमा जित निकाल्दै उसले १३ वर्षयताको उपाधिविहीन यात्रा तोड्ने अवसर सुरक्षित राखेको छ।
 

प्रकाशित: Feb 25, 2021| 03:01 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।