बिहीबार, भदौ १८, २०८३

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

विभाजित नेकपा ओली समूहको आज पनि बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं - विभाजित नेकपा ओली समूहको आज पनि बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठक आज पनि निरन्तर बस्ने प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका थिए।

तर, आजको बैठक भने स्थगित गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।

बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्ने छलफल भएको थियो। आवश्यक थप गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको स्थायी कमिटी बैठक स्थगित गरिएको हो। 

प्रकाशित: Feb 25, 2021| 02:50 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।