शनिबार, असार २७, २०८३

मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीको गोलसँगै बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौैं –  दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीको गोलसँगै बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाकै क्याम्प नोउमा सम्पन्न खेलमा उसले पाहुना टिल एल्चेलाई ३–० गोलले हराएको हो।

बार्सिलोनाका लागि मेस्सीले गोल गर्दै शीर्षस्थानको एथ्लेटिकोसँगको अंक दूरीसमेत घटाएका छन्।

सो क्रममा उनले खेलको ४८ औं र ६८औं मिनेटमा लगातार दुई गोल गरे। पहिलो गोलका लागि मार्टिन ब्रथेटले पास उपलब्ध गराएका थिए भने दोस्रो गोलका लागि डि जोङले पास दिए।

त्यस्तै ७३ औं मिनेटमा जोर्डीअल्वाले गोल गर्दा पनि ब्रेथवेटले नै पास उपलब्ध गराएका थिए।

गएरातिको जितले तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले दोस्रोस्थानको रियलसँग दुई अंकको अंक दूरी बनाएको छ। यता दोहोरो गोल गरेका मेस्सीले लुईस सुआरेजलाई दुई गोलले पछि पार्दै लालिगाको सर्वाधिक गोलकर्ता बनेका छन्।

सुवारेजले १६ गोल गर्दा मेस्सीले १८ गोल गरेका हुन्।

यता पराजित एल्ले रेलिगेसन जोनमा छ।
 

प्रकाशित: Feb 25, 2021| 01:48 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।