बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षअघि उपभोग्य मिति सकिएकाे दाल नयाँ लेबल टाँसेर बिक्री

पाँच वर्षअघि उपभोग्य मिति सकिएकाे दाल नयाँ लेबल टाँसेर बिक्री

उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रूपैयाँ जरिवाना गरिएको छ ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

मोरङ -  उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रूपैयाँ जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेकाे जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७००  बोरा बरामद भएको छ। 

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको  अनुगमनका क्रममा फेला पारेको कार्यालयका  निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । 

उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो। बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन्।

बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुन सक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ।

व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल (स्टिकर) राखेर दाल बजार पठाउने कार्य गर्दै आएका थिए। रासस

प्रकाशित: Feb 25, 2021| 01:39 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।